शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री

शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री : Icon Khabar

ललितपुर, कार्तिक २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन् ।

प्रधानमन्त्रीले दाहालले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम रहेको चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्ने बताए । नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको र नेपालीको आफ्नै मौलिक संवत् नेपाल संवतलाई राष्ट्रिय संवत्को रुपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको उनले बताए ।

प्रधानमन्त्रीले दाहालले भने, ‘सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विसंसँगै नेसं पनि उल्लेख गर्नुपर्ने निर्णय भएकामा तपाईंहरु सबैलाई बधाई तथा शुभकामना भन्न चाहन्छु, यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्यायसहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाइमा उठाएको छ, यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ ।’

नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शङ्खधर साख्वालाई नसम्झिरहन सकिँदैन, उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौँ । उहाँले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो अभियानसँगै नेपाल संवत् जोडिएको छ ।’

Published Date: 14 November 2023


ताजा
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली