मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, कार्तिक २८ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शनिबार हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको डलरको भाउ आज थौरै घटेको छ । युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने थोरै बढेको छ ।

आज १ अमेरिकी डलरको बिक्री दर १३३.६४ रुपैयाँ तय भएको छ। शनिबार १ डलरको मूल्य हालसम्मकै उच्च विन्दु १३३.६५ रुपैयाँमा पुगेको थियो। १ डलरको खरिद दर भने आज १३३.०४ रुपैयाँ छ ।

आज १ युरोको खरिद दर १४२.१६ रुपैयाँ र बिक्री दर १४२.८० रुपैयाँ रहेको छ । हिजो १ युरोको खरिद दर १४२.१४ रुपैयाँ र बिक्री दर १४२.७८ रुपैयाँ थियो । यस्तै, हिजो १६३.३७ रुपैयाँमा बिक्री भएको १ पाउण्डको बिक्री दर आज १६३.६७ रुपैयाँ पुगेको छ । आज १ पाउण्डको खरिद दर भने १६२.९३ रुपैयाँ रहेको छ ।

Published Date: 14 November 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर