आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक २८ । आज २०८० कात्तिक २८ गते मंगलबार, तद्अनुसार १४ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल प्रतिपदा, शोभन बव अनुराधा , गोवर्द्धन पूजा, म्हः पूजा, नेपाल सम्वत ११४४ प्रारम्भ, विश्व मधुमेह दिवस ।

आजको राशिफल

मेष: उपहार प्राप्ति हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । साझेदारीमा नयाँ प्रस्ताव प्राप्त हुनसक्छ ।

वृष: फजूल खर्च बढ्ने छ । विवादलाई नबढाउनु होला । अपरिचितलाई विश्वास गर्दा हानि हुनसक्छ ।

मिथुन: यात्रा सफल रहने छ । रोजगारमा वृद्धि हुनेछ । धर्मपत्नीद्वारा सुझाइएको मार्गमा हिंड्दा लाभ हुनेछ ।

कर्कट: नयाँ योजना बन्ने छ । मान–सम्मान पाइने छ । आज यात्रा नगर्नु होला ।

सिंह: धर्म–कर्मममा रुचि रहने छ । व्यवसायमा लाभको सम्भावना छ । दाम्पत्य जीवनमा अनुकूलता रहने छ ।

कन्या: जीवनसाथीको सहयोग पाइने छ । व्यापार लाभप्रद रहने छ । सश्रम गरिएको कार्य पूर्ण हुनेछ ।

तुला: भ्रमको स्थिति बन्न सक्छ । भौतिक सुख–सुविधामा वृद्धि हुनेछ । रोकिएको धन प्राप्त हुनेछ ।

वृश्चिक: रोजगारमा वृद्धि हुनेछ । अर्थ सम्बन्धि कार्यमा सफलता प्राप्त हुँदा हर्ष बढ्ने छ । सुखद भविष्यका सपना साकार हुनेछ ।

धनु: स्वादिष्ट भोजनको आनन्द पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । परिवारको सहयोग पाइने छ ।

मकर: कष्ट, भय, चिन्ता तथा छटपटिको वातावरण बन्न सक्छ । दुःखद समाचार आउन सक्छ, धैर्य रहनु होला । परिवारमा तनाव हुनेछ ।

कुम्भ: पुराना रोग बल्झिने छन् । प्रयास सफल रहने छ । प्रतिष्ठामा वृद्धि हुनेछ ।

मीन: पुराना साथी अथवा आफन्ताहरुसंग भेटघाट हुनेछ । शुभ समाचार पाइने छ । मान बढ्ने छ भने प्रसन्नता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 November 2023
Website | + posts