आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक २८ । आज २०८० कात्तिक २८ गते मंगलबार, तद्अनुसार १४ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल प्रतिपदा, शोभन बव अनुराधा , गोवर्द्धन पूजा, म्हः पूजा, नेपाल सम्वत ११४४ प्रारम्भ, विश्व मधुमेह दिवस ।

आजको राशिफल

मेष: उपहार प्राप्ति हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । साझेदारीमा नयाँ प्रस्ताव प्राप्त हुनसक्छ ।

वृष: फजूल खर्च बढ्ने छ । विवादलाई नबढाउनु होला । अपरिचितलाई विश्वास गर्दा हानि हुनसक्छ ।

मिथुन: यात्रा सफल रहने छ । रोजगारमा वृद्धि हुनेछ । धर्मपत्नीद्वारा सुझाइएको मार्गमा हिंड्दा लाभ हुनेछ ।

कर्कट: नयाँ योजना बन्ने छ । मान–सम्मान पाइने छ । आज यात्रा नगर्नु होला ।

सिंह: धर्म–कर्मममा रुचि रहने छ । व्यवसायमा लाभको सम्भावना छ । दाम्पत्य जीवनमा अनुकूलता रहने छ ।

कन्या: जीवनसाथीको सहयोग पाइने छ । व्यापार लाभप्रद रहने छ । सश्रम गरिएको कार्य पूर्ण हुनेछ ।

तुला: भ्रमको स्थिति बन्न सक्छ । भौतिक सुख–सुविधामा वृद्धि हुनेछ । रोकिएको धन प्राप्त हुनेछ ।

वृश्चिक: रोजगारमा वृद्धि हुनेछ । अर्थ सम्बन्धि कार्यमा सफलता प्राप्त हुँदा हर्ष बढ्ने छ । सुखद भविष्यका सपना साकार हुनेछ ।

धनु: स्वादिष्ट भोजनको आनन्द पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । परिवारको सहयोग पाइने छ ।

मकर: कष्ट, भय, चिन्ता तथा छटपटिको वातावरण बन्न सक्छ । दुःखद समाचार आउन सक्छ, धैर्य रहनु होला । परिवारमा तनाव हुनेछ ।

कुम्भ: पुराना रोग बल्झिने छन् । प्रयास सफल रहने छ । प्रतिष्ठामा वृद्धि हुनेछ ।

मीन: पुराना साथी अथवा आफन्ताहरुसंग भेटघाट हुनेछ । शुभ समाचार पाइने छ । मान बढ्ने छ भने प्रसन्नता रहने छ ।

Published Date: 14 November 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर