दूरसञ्चार प्राधिकरण: हामीले टिकटकलाई इमेल लेखेका छौं, २४ घन्टामा सबै ब्लक हुन्छ होला

दूरसञ्चार प्राधिकरण: हामीले टिकटकलाई इमेल लेखेका छौं, २४ घन्टामा सबै ब्लक हुन्छ होला : Icon Khabar

काठमाडौं, कार्तिक २८ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीले टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 November 2023
Website | + posts