सरकारले भोलिबाट सबै सरकारी कागजातमा नेपाल संवत उल्लेख गर्ने

सरकारले भोलिबाट सबै सरकारी कागजातमा नेपाल संवत उल्लेख गर्ने : Icon Khabar

काठमाडौँ, कार्तिक २७ । सरकारले मंगलबारबाट सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्‌समेत उल्लेख गर्ने’ मन्त्रिपरिषद्को बैठकको निर्णयमा छ ।

नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । त्यही मागलाई सम्बोधन गर्दै सरकारले मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निर्णय गरेको हो ।

Published Date: 13 November 2023






ताजा
किकम्पा मन्टेसरीमा ‘पोषण जाँच कार्यक्रम–२०८३’ सम्पन्न
ब्राजिल विश्वकपको पहिलो खेलमा मोरक्कोसँग रोकियो, अपराजित कीर्तिमान भने कायम
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्दा कुवेती दिनार सबैभन्दा महँगो
देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न