भक्तपुरको भिन्तुना र्‍याली: प्यालेस्टिन केटाकेटिको मसानघाट होइन (फोटो फिचर)

भक्तपुरको भिन्तुना र्‍याली: प्यालेस्टिन केटाकेटिको मसानघाट होइन (फोटो फिचर) : Icon Khabar

भक्तपुर, कार्तिक २७ । नयाँ वर्ष (नेपाल संवत ११४४) को अवसरमा सोमबार भक्तपुरमा भिन्तुना र्‍याली (शुभकामना र्‍याली) निकालिएको छ  ।

पीस्वकगू नेपाल भाषा साहित्य तःमुंज्या (४३ औ नेपाल भाषा साहित्य सम्मेलन) को आयोजनामा र्‍याली निकालिएको हो ।  प्रत्येक वर्ष नेपाल भाषा साहित्य तःमुंज्याले नयाँ वर्ष नेपाल संवतका दिन यसरी र्‍याली निकाल्दै आइरहेको छ।

 र्‍याली भक्तपुर नगरको दुई ठाउँंबाट सुरु गरिएको थियो । नगरको सूर्यमढी र टौमढी गरी दुई छुटाछुटै ठाउँंहरुबाट र्‍याली निकालिएको थियो । दुवै ठाउँको र्‍यालीले भक्तपुर नगर परिक्रमा गरी खौमास्थित जगतसुन्दर मल्लको शालिकमा पुगेर माल्यार्पण गरिएको थियो ।

Published Date: 13 November 2023