आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव रहने

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव रहने : Icon Khabar

काठमाडौँ, कार्तिक २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ ।

Published Date: 13 November 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक