देवकोटा जयन्तीको अवसरमा भक्तपुरमा कविता प्रतियोगिता सम्पन्न

देवकोटा जयन्तीको अवसरमा भक्तपुरमा कविता प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २६ । प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा समाज परिवर्तनका लागि साहित्य भन्ने मूल उद्देश्यका साथ ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिता शनिबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाज परिवर्तन गर्न वैज्ञानिक अनुसन्धान थालनी गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सम्पदा, संस्कार र संस्कृतिको ज्ञान नयाँ पुस्तामाझ पुऱ्याउनुपर्नेमा जोड दिए । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला, सम्पदा, संस्कृति र विकासको क्षेत्रमा काम गरिरहेको चर्चा गर्दै प्रतियोगितामा उत्कृष्ट भएका प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले साहित्य लेखनको आवश्यकताबारे चर्चा गर्दै वाचित साहित्यमा देशप्रेम, सङ्घर्ष र जनताको समस्या बोध भएको बताए । प्यालेस्टिनी जनताले आफ्नो देशको सुरक्षाको निम्ति आन्दोलन गर्दा आन्दोलन दबाउन र निस्तेज पार्न अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्टिनी जनतामाथि नरसंहार गर्दै सहरै ध्वस्त पार्ने कार्यको निन्दा गरे ।

निर्णायकमण्डलका सदस्य हरिहर तिमिल्सिनाले साहित्य बौद्धिकस्तर र चेतनाको झल्को हो भन्दै नतिजा सुनाएका थिए ।

आयोजक समितिका अध्यक्ष रवीन्द्र कुसीको सभापतित्वमा भएको सो कार्यक्रममा नेमकिपा सूर्यमढी प्रारम्भिक समितिका प्रतिनिधि मिलन गणेजु, सविन्द्र प्रजापतिले पनि बोलेको थियो ।

कविता प्रतियोगितामा एभरेस्ट इङ्लिस सेकेण्डरी स्कुलका तपस्या वाग्ले प्रथम, महेन्द्र विद्या आश्रमका दिवस गीरि द्वितीय, समाज सुधार माविका कृतिप प्रजापति तृतीय र जागरण पुस्तकालयका पलक कोजु सान्त्वना हुन सफल भएका थिए ।

Published Date: 12 November 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता