देवकोटा जयन्तीको अवसरमा भक्तपुरमा कविता प्रतियोगिता सम्पन्न

देवकोटा जयन्तीको अवसरमा भक्तपुरमा कविता प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २६ । प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा समाज परिवर्तनका लागि साहित्य भन्ने मूल उद्देश्यका साथ ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिता शनिबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाज परिवर्तन गर्न वैज्ञानिक अनुसन्धान थालनी गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सम्पदा, संस्कार र संस्कृतिको ज्ञान नयाँ पुस्तामाझ पुऱ्याउनुपर्नेमा जोड दिए । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला, सम्पदा, संस्कृति र विकासको क्षेत्रमा काम गरिरहेको चर्चा गर्दै प्रतियोगितामा उत्कृष्ट भएका प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले साहित्य लेखनको आवश्यकताबारे चर्चा गर्दै वाचित साहित्यमा देशप्रेम, सङ्घर्ष र जनताको समस्या बोध भएको बताए । प्यालेस्टिनी जनताले आफ्नो देशको सुरक्षाको निम्ति आन्दोलन गर्दा आन्दोलन दबाउन र निस्तेज पार्न अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्टिनी जनतामाथि नरसंहार गर्दै सहरै ध्वस्त पार्ने कार्यको निन्दा गरे ।

निर्णायकमण्डलका सदस्य हरिहर तिमिल्सिनाले साहित्य बौद्धिकस्तर र चेतनाको झल्को हो भन्दै नतिजा सुनाएका थिए ।

आयोजक समितिका अध्यक्ष रवीन्द्र कुसीको सभापतित्वमा भएको सो कार्यक्रममा नेमकिपा सूर्यमढी प्रारम्भिक समितिका प्रतिनिधि मिलन गणेजु, सविन्द्र प्रजापतिले पनि बोलेको थियो ।

कविता प्रतियोगितामा एभरेस्ट इङ्लिस सेकेण्डरी स्कुलका तपस्या वाग्ले प्रथम, महेन्द्र विद्या आश्रमका दिवस गीरि द्वितीय, समाज सुधार माविका कृतिप प्रजापति तृतीय र जागरण पुस्तकालयका पलक कोजु सान्त्वना हुन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 November 2023
Website | + posts