कृषि विकास बैंकले पनि मंसिरमा लागू हुने ब्याजदर घटाए

कृषि विकास बैंकले पनि मंसिरमा लागू हुने ब्याजदर घटाए : Icon Khabar

काठमाडौँ, कात्तिक २६ । बैंकले आज मंसिरका लागि ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो।

मंसिरमा व्यक्तिगततर्फ १ महिनादेखि ५ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजददर ९.५१२ प्रतिशत तोकिएको छ । संस्थागततर्फको मुद्दति निक्षेपको भने ६ महिनादेखि ५ वर्षसम्म अवधिको पनि घटाएर बैंकले ७.५१२ प्रतिशत बनाएको छ । कात्तिकमा संस्थागतर्फको मुद्दति निक्षेपको ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजदर ७.७६१९ प्रतिशत थियो।

कल निक्षेपको ब्याजदर पनि घटाएर २.५ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ८ प्रतिशत कायम गरिएको छ। कात्तिकमा कल निक्षेपको ब्याजदर २.६२५ प्रतिशत र बचतको ब्याजदर अधिकतम ८.२५ प्रतिशत थियो।
यसअघि एनआईसी एसिया बैंकले पनि मंसिरमा लागू हुने ब्याजदर घटाएर प्रकाशित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 November 2023
Website | + posts


ताजा
ललितपुरले अहिले बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी
ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
काठमाडौंमा लगाइएको कर्फ्यु आज बिहान ५ बजेबाट सकियो, अब के हुन्छ ?
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु