चिनियाँ कम्युनिष्ट पार्टी सिचाङ (तिब्बत) स्वशासित क्षेत्रका सचिव वाङ च्युनचङ भक्तपुर भ्रमणमा

चिनियाँ कम्युनिष्ट पार्टी सिचाङ (तिब्बत) स्वशासित क्षेत्रका सचिव वाङ च्युनचङ भक्तपुर भ्रमणमा : Icon Khabar

भक्तपुर, कार्तिक २६ । चिनियाँ कम्युनिष्ट पार्टी सिचाङ (तिब्बत) स्वशासित क्षेत्रका सचिव वाङ च्युनचङले आज भक्तपुर भ्रमण गरेको छ । पार्टी सचिव च्युनचङसहितको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका थिए ।

उक्त टोलीले भक्तपुर दरबार क्षेत्रस्थित न्ह्यकं झ्या दरबार, लु ध्वाका, पचपन्न झ्याल दरबार, फसि देग, चर्तुब्रम्ह महाविहार हुँदै भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर र भैरवनाथको मन्दिरको समेत अवालकेन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 November 2023
Website | + posts