भक्तपुर, कार्तिक २६ । “किसान देशको शान हो, अन्नदाता हो । त्यसैले कृषि पेसालाई सम्मानित पेसाको दर्जा दिनुपर्छ । कृषि प्रधान देश भनिएता पनि कृषि क्षेत्र राज्यको प्राथमिकतामा नपरेकोले युवाहरु कृषि क्षेत्रप्रति आकर्षित नभएको हो । कृषि सहकारीले यस्तो किसान सम्मान कार्यक्रमलाई निरन्तर दिई किसानहरुलाई उत्साह र हौसला दिने कार्य सह्रानीय छ ।” यो धारणा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले उर्वरभूमि कृषि सहकारी संस्था लि.को आठौं वार्षिक साधारण सभा—२०८० मा व्यक्त गरेका हुन् ।
राज्यले कृषि क्षेत्रलाई उपेक्षा गरेको, वैदेशिक रोजगारीलाई बढावा दिएको कारणले आर्थिक मन्दी लगायतका समस्याहरु देखा परेको कुरा औंल्याउदै सभाका प्रमुख अतिथि समेत रहेका गोसाईले कृषकहरुलाई न्यूनतम आवश्यक पर्ने बीउबीजन, मलखाद, रासायनिक मल, सिचाईं व्यवस्था, बजार व्यवस्थापन लगायतका विषयमा सरकारको गम्भिर ध्यानाकर्षण समेत गरे ।
कार्यक्रमका विशेष अतिथि आदर्श आजाद माध्यमिक विद्यालय/कलेजका प्राचार्य श्रीकृष्ण किसीले किसानी पेसालाई नयाँ पुस्ताले कृषिलाई आधुनिकीकरण गर्दै अगाडी बढ्नुपर्ने कुरा बताए । उनले कृषि क्षेत्रलाई सरकारले अनुदान मात्रै दिएर नपुग्ने बताउदै किसानहरुलाई कृषि पेसामा निरन्तर लाग्न सक्ने वातावरण तयार गर्नुपर्ने कुरा बताए ।
अर्का विशेष अतिथि सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारीहरुमा व्याप्त तरलता व्यवस्थापन सम्बन्धी जानकारी दिदैं देशभरिको सहकारीहरुको तरलता समस्या हट्दै जाने धारणा व्यक्त गरे ।
संस्थाका अध्यक्ष राकेश सुकुपायोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष सनिस लागेजू, जिल्ला सहकारी संघ भक्तपुरका प्रतिनिधि ध्रुब रायमाझी,सहकारीकर्मी दिनेश ग्वाछा, संस्थाका पदाधिकारीहरु नारायणप्रसाद मचामसी, सुन्दर ग्वाछा,केशव हाकुदुवाल र नेहा शिल्पकारले समेत बोलेका बोलेका थिए । सो कार्यक्रममा १४ कृषकहरुलाई सम्मान गरेको थियो ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1