चीनले हिल्सा नाकाबाट ३३ ट्रक सामान नेपाल पठायो

चीनले हिल्सा नाकाबाट ३३ ट्रक सामान नेपाल पठायो : Icon Khabar

हुम्ला, माघ २ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि सो नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनले तीन दिनमा ३३ ट्रक र साना गाडीमा निर्माण सामग्री नेपाल भित्रिएको बताए। य

सअघि चिनियाँ पक्षले आवश्यकता अनुसार हिल्सा नाकाबाट निर्बाध सामान एकतर्फी रूपमा पठाउन सकिने जनाएको थियो । सोहीअनुरूप हिल्सा र सिमकोटका व्यवसायीले निर्माण सामग्री आयात गरेका हुन् ।

आयातित सामग्रीमध्ये १० हजार छ सय बोरा सिमेन्ट, चार ट्रक छड रहेको जनाइएको छ । कोरोना महामारीपछि चीनले पुस १३ देखि एकतर्फी नाका खुलाएर १८ गाडी खाद्यान्न र लत्ताकपडा हिल्सा पठाएको थियो । चीनबाट अब इन्धन आयातका लागि पनि छलफल भइरहेको पनि जानकारी दिए।

Published Date: 16 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न