चीनले हिल्सा नाकाबाट ३३ ट्रक सामान नेपाल पठायो

चीनले हिल्सा नाकाबाट ३३ ट्रक सामान नेपाल पठायो : Icon Khabar

हुम्ला, माघ २ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि सो नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनले तीन दिनमा ३३ ट्रक र साना गाडीमा निर्माण सामग्री नेपाल भित्रिएको बताए। य

सअघि चिनियाँ पक्षले आवश्यकता अनुसार हिल्सा नाकाबाट निर्बाध सामान एकतर्फी रूपमा पठाउन सकिने जनाएको थियो । सोहीअनुरूप हिल्सा र सिमकोटका व्यवसायीले निर्माण सामग्री आयात गरेका हुन् ।

आयातित सामग्रीमध्ये १० हजार छ सय बोरा सिमेन्ट, चार ट्रक छड रहेको जनाइएको छ । कोरोना महामारीपछि चीनले पुस १३ देखि एकतर्फी नाका खुलाएर १८ गाडी खाद्यान्न र लत्ताकपडा हिल्सा पठाएको थियो । चीनबाट अब इन्धन आयातका लागि पनि छलफल भइरहेको पनि जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने