अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी फर्किइन्

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी फर्किइन् : Icon Khabar

काठमाडौं, कात्तिक २२ । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भइ स्वदेश फर्किएकी छन् । जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिनासम्म भएको सेमिनारमा सहभागी भइ देवकी स्वदेश फर्किएकी हुन् । सेमिनार एनपीओ जुडोसले आयोजना गरेको हो । सेमिनारका केहि कक्ष जापान कोदोकानमा पनि भएको थियो ।

जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाइ स्कुल, सिनियर हाइ स्कुल, कलेज, विश्वविद्यालयहरुमा प्रशिक्षण गर्ने अवसर पाएकी थिइन् ।

देवकीलाई एनपीओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिएका थिए । गैर नाफामुलक संस्था एनपीओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुन् ।

यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको नेपाल जुडो संघका सदस्य समेत रहेका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् । देवकी पाममै ७ वर्षको उमेरदेखि हुर्केकी हुन् । त्यहीबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थालेकी थिइन् । देवकी हाल पाममा सहायक प्रशिक्षक छिन् । घरेलु प्रतियोगितामा देवकी एक पटक मात्र मनीता श्रेष्ठ प्रधानसंग फाइनलमा पराजित भएकी छन् । मनीता पनि पामकै उत्पादन हुन् ।

देवकीले हालै चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन् । देवकीका दाइ इन्द्र र निशा पनि आ–आफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुन् ।

देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउदै आफूले सिकेको सिप अरुलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताइन् । देवकीले सेमिनारमा सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल जुडो संघलाई धन्यवाद दिदै एनपीओ जुडोसको पनि प्रशंसा गर्दै आभार व्यक्त गरिन् ।

सूर्यनारायण श्रेष्ठले देवकीले हासिल गरेको ज्ञानबाट नेपाली जुडोलाई धेरै फाइदा पुग्ने बताउदै यस्ता तालिममा नेपालको सहभागिता नियमित हुन सके नेपाली जुडोको विकासमा समेत टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 November 2023
Website | + posts




ताजा
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने