पोखराको लेक साइड बन्द नगर्न उच्च अदालतको आदेश

पोखराको लेक साइड बन्द नगर्न उच्च अदालतको आदेश : Icon Khabar

काठमाडौं, कात्तिक २२ । उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।

देवकुमारी बरालले दिएको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश भट्टराईले कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पोखराको आदेशमा भनिएको छ, ‘‘पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन वृद्धि हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी निवेदकले निवेदन साथ पेस गरेको उक्त कार्ययोजना प्रतिलिपिबाट देखिँदा विपक्षीहरूको निवेदन परेको अवस्थामा कानुन बमोजिम पुनर्विचार हुन सक्ने नै हुँदा प्रस्तुत निवेदनको अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानुन बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०४७ को दफा १५८ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 November 2023
Website | + posts