जाजरकोट भुकम्प: बुधबार बिहान १०ः३० बजेसम्म ४६६ वटा परकम्प गएको रेकर्ड

जाजरकोट भुकम्प: बुधबार बिहान १०ः३० बजेसम्म ४६६ वटा परकम्प गएको रेकर्ड : Icon Khabar

काठमाडौं, कार्तिक २२ । जाजरकोटको रामिडाँडामा गएको शुक्रबार राति गएको ६.४ म्याग्नीच्युडको भूकम्पका परकम्पको सङ्ख्या ४६६ पुगेको छ ।

सामान्यतया कुनै पनि ठूला वा साना भूकम्प पछि, केन्द्रविन्दुको वरिपरि नियमित रूपमा आउने भूकम्पलाई अफ्टरशक भनिन्छ। राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १०ः३० बजेसम्म ४६६ वटा परकम्प गएको छ ।

गत सोमबार मात्रै रामिडाँडा वरपर ५.८ र ४.५ म्याग्निच्युडका ठूला परकम्प गएका थिए । यी परकम्पहरूले यस क्षेत्रका घरहरू भत्किएका छन् र 25 जना घाइते भएका छन्। जाजरकोटको रामिडाँडामा सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको सबैभन्दा ठूलो परकम्प गएको थियो । त्यसको लगत्तै अपराह्न ४:४१ मा ४.५ म्याग्निच्युडको अर्को परकम्प गएको थियो ।

शुक्रबार राति ११:४७, १२:०८, १२:२९, १२:३५ मा क्रमशः ६.४, ४.५, ४.२, ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै, जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको भूकम्पमा परी मृत्यु भएको छ । त्यस्तै जाजरकोटमा १३१ जना र रुकुम पश्चिममा १८९ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 November 2023
Website | + posts