म्यानचेष्टर सिटी र आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

म्यानचेष्टर सिटी र आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश : Icon Khabar

काठमाडौं, कार्तिक २२ । इंग्लिस क्लब म्यानचेष्टर सिटी र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह जी अन्तर्गत मंगलबार राती भएको खेलमा जित हात पार्दै सिटी र लाइपजिग दुई खेल अगावै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एलर्ङ हालान्डको दुई गोल मदतमा सिटीले स्वीस क्लब योङ ब्वाइजलाई ३-० ले हरायो ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि हालान्डले २३औं र ५१औं मिनेटमा गोल गरे । फिल फोडेनले पहिलो हाफको इन्जुरी टाइममा एक गोल गरे ।

५३औं मिनेटमा सान्ड्रो लाउपर रातो कार्डको‌ सामना गर्दै मैदान बाहिरिएपछि योङ ब्वाइज १० खेलाडीमा सिमित भएको थियो। शतप्रतिशत जित निकालेको सिटी चार खेलबाट १२ अंकसहित समूह जीको शीर्ष स्थानमा छ ।

यसै सहूको अर्को खेलमा लाइपजिगले रेडस्टार बेलग्रेडलाई २-१ ले हरायो । लाइपजिगका लागि जाभी सिमोन्स र लुइस ओपेन्डाले गोल गरे । चारमध्ये ३ खेल जित्दै ९ अंक जोडेको लाइपजिग दोस्रो स्थानमा रहेर सिटीसँग प्रिक्वाटरफाइनल पुगेको हो ।

चार खेलबाट समान १ अंक मात्र रहेको योङ ब्वाइज र रेडस्टार बेलग्रेड भने दुई खेल अगावै समूह चरणबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न