म्यानचेष्टर सिटी र आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

म्यानचेष्टर सिटी र आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश : Icon Khabar

काठमाडौं, कार्तिक २२ । इंग्लिस क्लब म्यानचेष्टर सिटी र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह जी अन्तर्गत मंगलबार राती भएको खेलमा जित हात पार्दै सिटी र लाइपजिग दुई खेल अगावै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एलर्ङ हालान्डको दुई गोल मदतमा सिटीले स्वीस क्लब योङ ब्वाइजलाई ३-० ले हरायो ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि हालान्डले २३औं र ५१औं मिनेटमा गोल गरे । फिल फोडेनले पहिलो हाफको इन्जुरी टाइममा एक गोल गरे ।

५३औं मिनेटमा सान्ड्रो लाउपर रातो कार्डको‌ सामना गर्दै मैदान बाहिरिएपछि योङ ब्वाइज १० खेलाडीमा सिमित भएको थियो। शतप्रतिशत जित निकालेको सिटी चार खेलबाट १२ अंकसहित समूह जीको शीर्ष स्थानमा छ ।

यसै सहूको अर्को खेलमा लाइपजिगले रेडस्टार बेलग्रेडलाई २-१ ले हरायो । लाइपजिगका लागि जाभी सिमोन्स र लुइस ओपेन्डाले गोल गरे । चारमध्ये ३ खेल जित्दै ९ अंक जोडेको लाइपजिग दोस्रो स्थानमा रहेर सिटीसँग प्रिक्वाटरफाइनल पुगेको हो ।

चार खेलबाट समान १ अंक मात्र रहेको योङ ब्वाइज र रेडस्टार बेलग्रेड भने दुई खेल अगावै समूह चरणबाट बाहिरिएका छन् ।

Published Date: 08 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै