चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका : Icon Khabar

काठमाडौं, कार्तिक २२ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । औपचारिक भ्रमणमा बुधबार नेपाल आउन लागेका वाङको उच्चस्तरीय राजनीतिक भेटघाट कार्यक्रम रहेको छ ।

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसमेत साथै लिएर आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्ने छन् ।

वाङले आज उपराष्ट्रपति रामसहाय यादव लाई भेट्ने छन् । बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनितादेवीसँग भेट गर्ने कार्यक्रम रहेको छ । २५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने छन् ।

चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न