भोलिबाट मोबाइलमा एमडीएमएस लागू हुने

भोलिबाट मोबाइलमा एमडीएमएस लागू हुने : Icon Khabar

काठमाडौं, कात्तिक १९ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलिबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ । चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार दर्ता नभएका, अवैध तरिकाले नेपाल ल्याइएको मोबाइल अब चल्नेछैन । नेपालमा दर्ता नभएको मोबाइलमा सिम चल्ने छैन ।

प्राधिकरणले एउटा सूचना निकालेर कार्तिक १९ गतेसम्म एमडीएमएस दर्ता गर्ने भनेको थियो । व्यवसायीहरुले लामो समयदेखि अवैध बाटो भएर नेपालमा मोबाइल आउँदा राज्यलाई राजस्व घटेको तथा मोबाइलको व्यापारमा कमी आएको भन्दै एमडीएमएस लागू गर्न दबाब दिँदै आइरहेका छन् ।

प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ कि छैन भनेर हेर्न भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाइटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 November 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला