भूकम्प प्रभावितको सहयोगमा कमी हुन दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

भूकम्प प्रभावितको सहयोगमा कमी हुन दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ : Icon Khabar

जाजरकोट, कात्तिक १९ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने प्रतिवद्धता जनाएका छन् ।

विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै भूकम्प प्रभावितको उद्धार, खानपिन, बसोबास, राहत तथा उपचारबारे जानकारी लिन जाजरकोट सदरमुकाम खलंगा पुगेका उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर उत्तिकै परिचालित हुनसमेत निर्देशन दिएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली यसपछि रुकुम पश्चिम पुग्नेछ ।

टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी छन् ।

Published Date: 05 November 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड