राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री दाहाल

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।

जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने “भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु। हिजो हामीले खोज, उद्दार र उपचारको काम गर्नुपथ्र्यो, हामीले त्यो काम मूलभूत रुपमा पुरा गरेका छौं। अब राहत र पुनस्र्थापनातर्फ केन्द्रित हुनुपर्छ।”

“जाडोको मौसम छ। त्यसैले न्यानो कपडाको बढी आवश्यक छ। उपचार प्रक्रिया अझ प्रभावकारी बनाउनुपर्दछ” प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल प्राकृतिक विपदको जोखिममा रहेको देश हो। तर, सरकारले जति पहल गर्नुपर्ने हो, जनतामा जति चेतना अभिवृद्धि गर्नुपर्ने हो, त्यो पुगेको छैन। पूर्वतयारी पुगेको छैन। यसमा गम्भीर रुपमा सोच्न जरुरी छ।”

“३ दिन हामी राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरौं। पुनस्र्थापना प्रभावकारी बनाउनुपर्छ। त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ। भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ। आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौं।” प्रधानमन्त्रीले भने।

“२०७२ मा पनि कुरा त भयो, तर प्रभावकारी भएन, त्यो हो– भूगोलको अध्ययन गर्ने। कुन भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुन कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन चाहिन्छ। त्यससम्बन्धी विज्ञता र जनचेतना पनि चाहिन्छ।” प्रधानमन्त्रीले भने, “यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतिर सोच्नुपर्छ। विपदका लागि चाहिने आवश्यक सामग्रीहरु ७७ जिल्लामा राख्ने गरी काम गरौं। अहिलेदेखि नै ती सामग्री स्टोर गरेर राखौं।”

प्रधानमन्त्रीले भने, “यसपटक एकद्वार प्रणालीबाट जान्छौं । जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन। राहतमा हुने दुरुपयोग रोक्छौं। केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं। कहिलेकाहिँ सरकार निरिह भएको विगतको अनुभव छ, यसपटक त्यसलाई छुट दिँदैनौं। यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौं।”

बैठकमा सहभागी मन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु र कर्मचारीहरुले भूकम्प गएलगत्तै प्रधानमन्त्री आफै फिल्डमा खटेकाले राज्यका सबै अंगहरु प्रभावकारी रुपमा परिचालित भएको भन्दै त्यसका लागि प्रधानमन्त्रीप्रति आफूहरुको उच्च सम्मान रहेको बताए।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जामन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसाल, शिक्षामन्त्री अशोककुमार राई, सहरी विकासमन्त्री सीता गुरुङ, भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले प्रधानमन्त्रीको सक्रियता र खटाइ सबैलाई आश्चर्यचकित पार्ने खालको भएको बताउँदै त्यसबाट सबैमा उर्जा मिलेको बताए।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, “प्रधानमन्त्री आफैले उद्दारको पहल लिनुभयो, अति राम्रो काम गर्नुभयो। उद्दारको काम लगभग पुरा भएको छ। बेपत्ताहरु छैनन्, कि मृतक छन्, कि घाइते छन्। तत्कालको राहतमा अब हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।”
पूर्वमन्त्री गंगाधर तुलाधरले भन्नुभयो, “सरकार कति गम्भीर छ भन्ने कुरा प्रष्ट भएको छ, प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गर्दछु।”

त्यस्तै उर्जामन्त्री शक्ति बस्नेतले “प्रधानमन्त्री स्वयं पहल लिएका कारण राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालित भएको बताउँदै पीडितहरुको घाउमा मल्हम लगाउन सरकार सफल भएको” बताए।

भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले देशमा सरकार छ भन्ने राम्रो सन्देश दिनुभयो। उद्दार, राहत र उपचारमा प्रधानमन्त्री स्वयंले नेतृत्व गर्नुभयो, यो निकै राम्रो कुरा हो।”

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले भने, “प्रधानमन्त्रीको तदारुकता प्रशंसायोग्य छ। राति २ बजे प्रधानमन्त्रीबाट फोन आयो, तपाईहरु खट्नुस् भन्नुभयो। धेरै महत्वपूर्ण काम गर्नुभयो। यति जिम्मेवार र सक्रिय प्रधानमन्त्री पाएकोमा खुसी महसुस हुन्छ।”

नेपाल सेनाका प्रधानसेनापति प्रभुराम शर्माले “प्रधानमन्त्री स्वयं आफै खट्दा सिंगो राज्ययन्त्र परिचालित भएको” बताए।
त्यस्तै मन्त्रीहरु डा. महत, राई, गुरुङ, लगायतले प्रधानमन्त्रीको सक्रियता र समस्या समाधानमा लिएको पहलकदमीप्रति उच्च सम्मान रहेको बताए।

Published Date: 05 November 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी