गायक सुगम पोखरेलद्वारा शनिबार अष्ट्रेलियामा दर्शकलाई माइक प्रहार

मादक पदार्थ सेवन गरेर सुगमले लफडा मच्चाएको सामाजिक सञ्जालमा टिप्पणी

गायक सुगम पोखरेलद्वारा शनिबार अष्ट्रेलियामा दर्शकलाई माइक प्रहार : Icon Khabar

काठमाडौं, कार्तिक १९ । गायक सुगम पोखरेल अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टबाट पुनः चर्चामा छन् । शनिबार नेपाली समुदायले आयोजना गरेको कन्सर्टको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

सो भिडियोमा गायक पोखरेलले माइकले दर्शकलाई माइक प्रहार गरेको देखिन्छ । भिडियोमा असन्तुलित देखिएका सुगमलाई आयोजकले सम्हाल्न खोजिरहेको देखिन्छ । उनी स्टेजमा चढ्छन् र माइक फ्याँक्छन् ।

दर्शकले सुगमको बोलीमा हुटिङ पनि गरिरहेको देखिन्छ । भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले मादक पदार्थ सेवन गरेर सुगमले लफडा मच्चाएको टिप्पणी गरेका छन् । युवापुस्ताका चर्चित र्‍यापर युनिक पोइटले त सुगमलाई लक्षित गर्दै कटाक्ष पनि गरेका छन् ।

यो चर्चाबीच आइतबार बिहान टिकटकमा भिडियो पोस्ट गर्दै सुगमले कन्सर्ट घटनाबारे बताएका छन् । ‘म नेपाली हुँ । देशलाई दुख्दा मलाई पनि दुख्छ । अहिले भुइँचालोका कारण देश दुखिरहेको छ । हिजोको कार्यक्रममा मौन धारण गरौं भन्दा के भयो त्यो तपाईंहरूले भिडियोमा देख्नु भएकै छ । मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्र थियो । कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु । तर जहिले पनि संगीतको सेवा गर्नेछु,’ सुगमले भिडियोमा भनेका छन्,’ उनले भनेका छन् ।

प्रत्यक्षदर्शी पत्रकार प्रदीप तिमल्सिनाले घटनाबारे जारी गरेको भिडियोमा गायक सुगम मदिराले अचेत अवस्थामा रहेको बताएका छन् । ‘सुगम मदिराले यति अचेत थिए कि वरपर के भइरहेको छ, घटनाबारे केही थाहा थिएन,’ तिमल्सिनाले भनेका छन्, ‘अष्ट्रेलियामा मदिरा खाएर झगडा गर्दा कानुनी झमेला पर्न सक्थ्यो ।’

सुगमले मौन धारणको प्रस्ताव राखे पनि त्यसपछि ‘बिमली चमेली’ भनेर ठट्टा गरेको प्रत्यक्षदर्शी तिमल्सिनाले बताए । ‘मौनधारणको कुरा र त्यसपछिको ठट्यौलीको प्रसंगले इमोसन ब्रेक भएको थियो । मञ्चबाट उनले तालुवाला भाइ यता आइज भनेर बोलाएका थिए । यो झमेलामा पर्ने कुरा थियो,’ उनले भने ।

सुगम अहिले अष्ट्रेलिया टुरमा छन् ।

Published Date: 05 November 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी