आजदेखि राष्ट्र बैंकले तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै

आजदेखि राष्ट्र बैंकले तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । नेपाल तिहारको लागि आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै छ।

केन्द्रीय बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो। विभागले हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गरिने जनाएको छ।

एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्रामको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्।

यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्।

राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ। यस वर्ष पनि केन्द्रीय बैंकले आजदेखि सिक्का बिक्री गर्न सुरु गरिसकेको छ।

Published Date: 05 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर