भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क : Icon Khabar

काठमाडौं, कात्तिक १८ । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन तथा एसएमएस पाँच दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूचना आदान प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनको अवधिका लागि निःशुल्क फोन तथा म्यासेज सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिन निःशुल्क फोन तथा एसएमएस सेवासहित निःशुल्क सिम उपलब्ध गराइने छ ।’

साथै टेलिकमले उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरू सुचारु रहेको जनाइएको छ ।

टेलिकमले यस विषम परिस्थितिमा दूरसञ्चार सेवाहरूलाई नियमित रूपमा सुचारु राख्ने प्रतिबद्धता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 November 2023
Website | + posts




ताजा
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने