एक क्षेत्रमा समस्या आउँदैमा बैंकमा संकट आउँदैन: गभर्नर अधिकारी

एक क्षेत्रमा समस्या आउँदैमा बैंकमा संकट आउँदैन: गभर्नर अधिकारी : Icon Khabar

काठमाडौं, कात्तिक १८ । गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भूमरिमा परेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सबमा उनले अर्थतन्त्र सकरात्मक दिशामा अघि बढ्ने समयमा अन्तराष्ट्रियसंगै आन्तरिक समस्या देखिएको बताए।

गर्भनर अधिकारीले बाह्य क्षेत्र सकरात्मक हुँदा त्यसको फाइदा लिन सक्नु पर्ने बताए। सप्लाई चेन र बजारमुल्य निर्धारणको कारण मुद्रास्फीति बढ्ने गरेको बताए। गर्भनरले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंगाउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।

‘पर्यटन क्षेत्र सकारात्मक रुपमा अघि बढेको छ। पर्यटन पूर्वधार थप गर्न सहयोग पुग्छ,’ अधिकारीले भने,‘रेमिट्यान्सको आप्रवाह राम्रै देखिएको छ।’ बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट नआउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 November 2023
Website | + posts