कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा

कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा : Icon Khabar

काठमाडौं, कात्तिक १८ । कोशी प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन् । उनले आज (शनिबार) बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

शनिबार बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएको मगरले जानकारी दिए । उनले भने, ‘आज बिहान मुख्यमन्त्रीज्यू समक्ष राजीनामा बुझाएको हुँ ।’

मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक मन्त्री शुक्रबार नियुक्त गरेका थिए । आफूहरूको सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते मन्त्री नियुक्त भएका थिए ।

Published Date: 04 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै