जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, कात्तिक १८ । जाजरकोट केन्द्रबिन्दु भएर गए राति (शनिबार) गएको भूकम्पमा परी ज्यान गुमाउनेका संख्या १५४ पुगेको छ । हालसम्म प्राप्त तथ्याङ्गअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको छ । घाइतेको संख्या डेढ सया माथि पुगिसकेको छ ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको जानकारी दिइन् । यस्तै आठबीसकोटमा ६० जना घाइते भएका छन् ।

तीमध्ये गम्भीर तीन जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ । अहिले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पको केन्द्रविन्दु जाजरकोट पुगेका छन् । उनले रुकुमलाई केन्द्रित गरेर हवाइ उडान गर्न निर्देशन समेत गरेका छन् ।

Published Date: 04 November 2023


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी