जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, कात्तिक १८ । जाजरकोट केन्द्रबिन्दु भएर गए राति (शनिबार) गएको भूकम्पमा परी ज्यान गुमाउनेका संख्या १५४ पुगेको छ । हालसम्म प्राप्त तथ्याङ्गअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको छ । घाइतेको संख्या डेढ सया माथि पुगिसकेको छ ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको जानकारी दिइन् । यस्तै आठबीसकोटमा ६० जना घाइते भएका छन् ।

तीमध्ये गम्भीर तीन जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ । अहिले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पको केन्द्रविन्दु जाजरकोट पुगेका छन् । उनले रुकुमलाई केन्द्रित गरेर हवाइ उडान गर्न निर्देशन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 November 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने