भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु

भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु : Icon Khabar

काठमाडौं, कात्तिक १८ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो । ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

Published Date: 04 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै