भोलि भक्तपुरका यी स्थानमा विद्युत सप्लाई बन्द हुने

भोलि भक्तपुरका यी स्थानमा विद्युत सप्लाई बन्द हुने : Icon Khabar

भक्तपुर, कात्तिक १७ । नेपाल विद्युत प्राधिकरण, भक्तपुर वितरण केन्द्रले शनिबार बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म भक्तपुरको केहि स्थानमा विद्युत सप्लाई बन्द हुने जनाएको छ ।

यसबर्षको दीपावलीमा निरन्तर विद्युत सुचारुको लागि उक्त वितरण केन्द्र अन्तर्गतको ११ के.भि. लाइनको मर्मत सुधार गर्नुपर्ने भएकोले शनिबार बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म ब्यासी फिडर र नलिंचोक फिडर अन्तर्गतको ब्यासी, कमलविनायक, लिवाली, नलिंचोक, सिपाडोल, सुडाल र ताथली एरियामा विद्युत सप्लाई बन्द हुने जनाएको हो ।

साथै दिउसो १ः०० बजेदेखि ३ः०० बजेसम्म सूर्यविनायक फिडर र वृक फिडर अन्तर्गतको इटाछे, इनाचो, दुधपाटी, सल्लाघारी, कटुन्जे एरियामा विद्युत सप्लाई बन्द हुने पनि जानकारी गराएको छ ।

असुविधाको लागि भक्तपुर वितरण केन्द्र क्षमा समेत मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts




ताजा
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ
स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण