भोलि भक्तपुरका यी स्थानमा विद्युत सप्लाई बन्द हुने

भोलि भक्तपुरका यी स्थानमा विद्युत सप्लाई बन्द हुने : Icon Khabar

भक्तपुर, कात्तिक १७ । नेपाल विद्युत प्राधिकरण, भक्तपुर वितरण केन्द्रले शनिबार बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म भक्तपुरको केहि स्थानमा विद्युत सप्लाई बन्द हुने जनाएको छ ।

यसबर्षको दीपावलीमा निरन्तर विद्युत सुचारुको लागि उक्त वितरण केन्द्र अन्तर्गतको ११ के.भि. लाइनको मर्मत सुधार गर्नुपर्ने भएकोले शनिबार बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म ब्यासी फिडर र नलिंचोक फिडर अन्तर्गतको ब्यासी, कमलविनायक, लिवाली, नलिंचोक, सिपाडोल, सुडाल र ताथली एरियामा विद्युत सप्लाई बन्द हुने जनाएको हो ।

साथै दिउसो १ः०० बजेदेखि ३ः०० बजेसम्म सूर्यविनायक फिडर र वृक फिडर अन्तर्गतको इटाछे, इनाचो, दुधपाटी, सल्लाघारी, कटुन्जे एरियामा विद्युत सप्लाई बन्द हुने पनि जानकारी गराएको छ ।

असुविधाको लागि भक्तपुर वितरण केन्द्र क्षमा समेत मागेको छ ।

Published Date: 03 November 2023


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर