भक्तपुर साकोस रापिड नेसनल चेस च्याम्पियनसिप आजबाट शुरु

भक्तपुर साकोस रापिड नेसनल चेस च्याम्पियनसिप आजबाट शुरु : Icon Khabar

भक्तपुर, कात्तिक १७ । भक्तपुर साकोसको २७ औँ स्थापना दिवसको अवसरमा आजबाट भक्तपुर साकोस रापिड नेसनल चेस च्याम्पियनसिप शुरु भएको छ । प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट र भक्तपुर साकोसका अध्यक्ष निर्मल प्रजापतिले चेसको गोटी चाली संयुक्त रुपमा उद्घाटन गरेको हो ।

आज सम्पन्न चार चरणको खेलबाट नेपाल च्याम्पियन रुपेश जैसवाल, पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, ललितपुरका सरोज महर्जन र भक्तपुरका विक्रम चोकामी ४ अंकसहित अग्रता कायम गरेका छन् । त्यस्तै दोलखाका आशिष फुँयाल, भक्तपुरका राजेश कक्षपति, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, युवा खेलाडीहरू सुदिप तामाङ, धिरेन राई, सुरज सिंह ३.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।

पाँचौ चरणदेखि नवौँ चरणसम्मका खेलहरू भोली बिहान १० बजेबाट शुरू हुने जनाएको छ ।

साथै कार्तिक १९ गते बिहान ८ बजे भक्तपुर साकोसको २७ औँ स्थापना दिवसको अवसरमा सहकारीका ज्येष्ठ सदस्यहरूलाई पोषण वितरण कार्यक्रम संस्थाको प्राङ्गणमा हुने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न