भक्तपुर साकोस रापिड नेसनल चेस च्याम्पियनसिप आजबाट शुरु

भक्तपुर साकोस रापिड नेसनल चेस च्याम्पियनसिप आजबाट शुरु : Icon Khabar

भक्तपुर, कात्तिक १७ । भक्तपुर साकोसको २७ औँ स्थापना दिवसको अवसरमा आजबाट भक्तपुर साकोस रापिड नेसनल चेस च्याम्पियनसिप शुरु भएको छ । प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट र भक्तपुर साकोसका अध्यक्ष निर्मल प्रजापतिले चेसको गोटी चाली संयुक्त रुपमा उद्घाटन गरेको हो ।

आज सम्पन्न चार चरणको खेलबाट नेपाल च्याम्पियन रुपेश जैसवाल, पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, ललितपुरका सरोज महर्जन र भक्तपुरका विक्रम चोकामी ४ अंकसहित अग्रता कायम गरेका छन् । त्यस्तै दोलखाका आशिष फुँयाल, भक्तपुरका राजेश कक्षपति, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, युवा खेलाडीहरू सुदिप तामाङ, धिरेन राई, सुरज सिंह ३.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।

पाँचौ चरणदेखि नवौँ चरणसम्मका खेलहरू भोली बिहान १० बजेबाट शुरू हुने जनाएको छ ।

साथै कार्तिक १९ गते बिहान ८ बजे भक्तपुर साकोसको २७ औँ स्थापना दिवसको अवसरमा सहकारीका ज्येष्ठ सदस्यहरूलाई पोषण वितरण कार्यक्रम संस्थाको प्राङ्गणमा हुने समेत जनाएको छ ।

Published Date: 03 November 2023


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर