टर्कीका राष्ट्रपतिद्वारा गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग

टर्कीका राष्ट्रपतिद्वारा गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग : Icon Khabar

कजाकसतान, कात्तिक १७ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेको छ ।

इजरायलसँगको युद्धको सामना गरिरहेका प्यालेस्टिनीहरूप्रति एर्दोगानले कडा समर्थन गर्दै जनाउँदै आएको छ । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नै आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेको छ ।

कजाकिस्तानको राजधानी अस्तानामा आयोजित तुर्क भाषी राष्ट्रहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले भने, “अक्टोबर ७ देखि हामीले देखेको क्रूरताको व्याख्या गर्न वा क्षमा गर्न सक्ने कुनै अवधारणा छैन ।”

उनले भने , “स्पष्ट शब्दमा भन्नुपर्दा गाजामा २८ दिनदेखि मानवताविरुद्धको अपराध भइरहेको छ ।”

“हाम्रो प्राथमिकता मानवीय युद्धविराम चाँडै स्थापित गर्नु हो,” उनले भने, “टर्कीले चाहे उनीहरू मुस्लिम, इसाई वा यहूदी नै किन नहुन् सबैको सुरक्षाको सुनिश्चितता गर्नेछ र यसका लागि नयाँ संयन्त्र बनाउने काम गरिरहेको छ ।’’

“अन्तर्राष्ट्रिय शान्ति सम्मेलनका लागि आधार तयार पार्ने हाम्रो प्रयास जारी छ,” उनले भने ।

गत अक्टोबर ७ तारिखमा हमासका लडाकुहरू एक्कासी इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु भएको र २४० भन्दा बढीलाई अपहरण गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी क्षेत्रमा भएको आक्रमणमा तीन हजार ७६० बालबालिकासहित नौ हजार ६१ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायलले नागरिकलाई निशाना नबनाएको र अक्टोबर ७ मा भएको आक्रमणका लागि जिम्मेवार हमास लडाकू समूहलाई परास्त गर्न प्रयास गरिरहेको बताएको छ । रासस/एएफपी

Published Date: 03 November 2023


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर