टर्कीका राष्ट्रपतिद्वारा गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग

टर्कीका राष्ट्रपतिद्वारा गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग : Icon Khabar

कजाकसतान, कात्तिक १७ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेको छ ।

इजरायलसँगको युद्धको सामना गरिरहेका प्यालेस्टिनीहरूप्रति एर्दोगानले कडा समर्थन गर्दै जनाउँदै आएको छ । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नै आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेको छ ।

कजाकिस्तानको राजधानी अस्तानामा आयोजित तुर्क भाषी राष्ट्रहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले भने, “अक्टोबर ७ देखि हामीले देखेको क्रूरताको व्याख्या गर्न वा क्षमा गर्न सक्ने कुनै अवधारणा छैन ।”

उनले भने , “स्पष्ट शब्दमा भन्नुपर्दा गाजामा २८ दिनदेखि मानवताविरुद्धको अपराध भइरहेको छ ।”

“हाम्रो प्राथमिकता मानवीय युद्धविराम चाँडै स्थापित गर्नु हो,” उनले भने, “टर्कीले चाहे उनीहरू मुस्लिम, इसाई वा यहूदी नै किन नहुन् सबैको सुरक्षाको सुनिश्चितता गर्नेछ र यसका लागि नयाँ संयन्त्र बनाउने काम गरिरहेको छ ।’’

“अन्तर्राष्ट्रिय शान्ति सम्मेलनका लागि आधार तयार पार्ने हाम्रो प्रयास जारी छ,” उनले भने ।

गत अक्टोबर ७ तारिखमा हमासका लडाकुहरू एक्कासी इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु भएको र २४० भन्दा बढीलाई अपहरण गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी क्षेत्रमा भएको आक्रमणमा तीन हजार ७६० बालबालिकासहित नौ हजार ६१ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायलले नागरिकलाई निशाना नबनाएको र अक्टोबर ७ मा भएको आक्रमणका लागि जिम्मेवार हमास लडाकू समूहलाई परास्त गर्न प्रयास गरिरहेको बताएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो