काभ्रेको पाँचखालमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा क्षति

काभ्रेको पाँचखालमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा क्षति : Icon Khabar

काभ्रेपलान्चोक, कात्तिक १७ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा धेरै क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार बिहान स्थानीय उद्धवप्रसाद तिम्सिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको जनाइएको छ ।

आगलागीका कारण तिमल्सिनाको नौ वटा सटरमध्ये चार वटा कपडा पसल पूर्ण रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनले आगलागीबाट तीन वटा होटेल, एक मोबाइल पसल र एक मासु पसल सटरमा आंशिक क्षति भएको बताउनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट