काभ्रेको पाँचखालमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा क्षति

काभ्रेको पाँचखालमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा क्षति : Icon Khabar

काभ्रेपलान्चोक, कात्तिक १७ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा धेरै क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार बिहान स्थानीय उद्धवप्रसाद तिम्सिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको जनाइएको छ ।

आगलागीका कारण तिमल्सिनाको नौ वटा सटरमध्ये चार वटा कपडा पसल पूर्ण रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनले आगलागीबाट तीन वटा होटेल, एक मोबाइल पसल र एक मासु पसल सटरमा आंशिक क्षति भएको बताउनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Published Date: 03 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर