विषाक्त धुवाँका कारण आज नयाँदिल्लीमा विद्यालय बन्द, तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण

विषाक्त धुवाँका कारण आज नयाँदिल्लीमा विद्यालय बन्द, तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण : Icon Khabar

नयाँदिल्ली, कात्तिक १७ । विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ ।

किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ ।

अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको भन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गर्नुभएको थियो ।

Published Date: 03 November 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर