विषाक्त धुवाँका कारण आज नयाँदिल्लीमा विद्यालय बन्द, तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण

विषाक्त धुवाँका कारण आज नयाँदिल्लीमा विद्यालय बन्द, तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण : Icon Khabar

नयाँदिल्ली, कात्तिक १७ । विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ ।

किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ ।

अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको भन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने