उपत्यका सहित देशभर रगत अभाव, भक्तपुरको ब्लड बैँकमा रगतको अभाव

उपत्यका सहित देशभर रगत अभाव, भक्तपुरको ब्लड बैँकमा रगतको अभाव : Icon Khabar

काठमाडौं, कात्तिक १७ । चाडपर्वकै समय काठमाडौं उपत्यका लगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुनुका कारण रगतको अभाव भएको पाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैँकमा रगतको अभाव छ । बैंकका सचिव परशुराम पाण्डेयका अनुसार चाडबाडमा रक्तदान लगायतका कार्यक्रम नहुँदा रगत अभाव भएको बताउँदै मागअनुसारको रगत उपलब्ध गराउन नसकेको बताए। उनले भने, “अहिले दशैँ, तिहारजस्ता चाडपर्वका कारण रक्तदानका कार्यक्रमहरु नभएकाले देशभर नै रगतको अभाव चुलिएको छ ।”

अहिले दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका उनको भनाइ छ । तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ । उनले भने, “रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भए पनि दिएका छौँ रित्तो फर्किनुपरेको छैन ।” अहिले डेंगुको प्रकोप भइरहेकाले पनि रगत सङ्कलनमा समस्या भइरहेको पाण्डेयले बताए।

Published Date: 03 November 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली