उपत्यका सहित देशभर रगत अभाव, भक्तपुरको ब्लड बैँकमा रगतको अभाव

उपत्यका सहित देशभर रगत अभाव, भक्तपुरको ब्लड बैँकमा रगतको अभाव : Icon Khabar

काठमाडौं, कात्तिक १७ । चाडपर्वकै समय काठमाडौं उपत्यका लगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुनुका कारण रगतको अभाव भएको पाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैँकमा रगतको अभाव छ । बैंकका सचिव परशुराम पाण्डेयका अनुसार चाडबाडमा रक्तदान लगायतका कार्यक्रम नहुँदा रगत अभाव भएको बताउँदै मागअनुसारको रगत उपलब्ध गराउन नसकेको बताए। उनले भने, “अहिले दशैँ, तिहारजस्ता चाडपर्वका कारण रक्तदानका कार्यक्रमहरु नभएकाले देशभर नै रगतको अभाव चुलिएको छ ।”

अहिले दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका उनको भनाइ छ । तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ । उनले भने, “रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भए पनि दिएका छौँ रित्तो फर्किनुपरेको छैन ।” अहिले डेंगुको प्रकोप भइरहेकाले पनि रगत सङ्कलनमा समस्या भइरहेको पाण्डेयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts