अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारी

अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारी : Icon Khabar

काठमाडौं, कार्तिक १७ । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो ।

अपाचे आरटीआर १६० भी फोर एफ आइ सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भईरहेको कम्पनीले जानकारी दिएको छ ।

अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचरपनि उपलब्ध गराउने छ ।
कम्पनीलेसेग्मेन्टमै पहिलो पटक तीन राइडिब मोड तथा समायोजनको सुविधा सहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभरपनि उपलब्ध गराउने
सम्भावना प्रबल रहेको छ ।

साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट संगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता अनुसार ड्राइभिब मोड छनोट गर्न सक्नेछन्। अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 November 2023
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)