नक्कली श्रम स्वीकृतिलगायतका कागजात बनाएको आरोपमा दुई जना पक्राउ

नक्कली श्रम स्वीकृतिलगायतका कागजात बनाएको आरोपमा दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, कात्तिक १६ । नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली श्रम स्वीकृतिलगायतका कागजात बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौँ वनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र त्यहीका हाल काठमाडौँको नागार्जुन-१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् ।

उनीहरूको साथबाट दुई थान मोबाइल बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन के.सी.ले जानकारी दिएका छन्।

Published Date: 02 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग