काठमाडौं, कात्तिक १६ । नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली श्रम स्वीकृतिलगायतका कागजात बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौँ वनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र त्यहीका हाल काठमाडौँको नागार्जुन-१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् ।
उनीहरूको साथबाट दुई थान मोबाइल बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन के.सी.ले जानकारी दिएका छन्।
Published Date: 02 November 2023