सरकारी कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ ? आजदेखि ४ बजेनै बन्द हुनेछ

सरकारी कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ ? आजदेखि ४ बजेनै बन्द हुनेछ : Icon Khabar

काठमाडौं, कार्तिक १६ । आज बिहीबारदेखि सरकारी कार्यालयको सेवा ४ बजे बन्द हुने छ। कार्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ।

यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ। अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन्।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2023
Website | + posts