फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहनेले सशुल्क योजना प्रयोग गर्न सकिने

फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहनेले सशुल्क योजना प्रयोग गर्न सकिने : Icon Khabar

काठमाडौं, कार्तिक १६ । फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो ।

योसँगै १८ वर्ष उमेर पुगेका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले मेटाको यो सशुल्क सेवा प्रयोग गर्न पाउनेछन् । वेब ब्राउजरका लागि प्रति महिना ९.९९ ‍युरो (१४०० रुपैयाँ) र आईओएस डिभाइसहरूका लागि प्रति महिना १२.९९ युरो (१८०० रुपैयाँ) ताेकिएकाे छ ।

एकपटक शुल्क तिरेपछि प्रयोगकर्ताहरूले बिना विज्ञापन फेसबुक र इन्स्टाग्राम चलाउन पाउनेछन् । यदि प्रयोगकर्ताको एकभन्दा बढी अकाउन्ट भए प्रति अकाउन्ट अतिरिक्त ६ युरो (८५० रुपैयाँ) तिर्नुपर्ने मेटाले जनाएकाे छ ।

त्यसरी सशुल्क फेसबुक र इन्स्टाग्राम चलाउने प्रयोगकर्ताको डेटा प्रयोग नगर्ने र उनीहरूलाई विज्ञापनका लागि ट्र्याकिङ नगर्ने कम्पनीको भनाइ छ । मेटाको यो कदम भने युरोपेली संघको डेटा गोपनीयता सम्बन्धी नियमले गर्दा आएको बताइएको छ ।

यद्यपि यस सेवालाई युरोपमा अनिवार्य भने गरिएका छैन । विज्ञापनरहित अनुभव चाहने प्रयोगकर्ताहरूको लागि मेटाको यो वैकल्पिक सेवा हो । तर मेटाले युरोपबाहेक अन्य क्षेत्रहरूमा यो सेवा विस्तार गर्नेबारे भने केही बताएको छैन ।

Published Date: 02 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग