फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहनेले सशुल्क योजना प्रयोग गर्न सकिने

फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहनेले सशुल्क योजना प्रयोग गर्न सकिने : Icon Khabar

काठमाडौं, कार्तिक १६ । फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो ।

योसँगै १८ वर्ष उमेर पुगेका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले मेटाको यो सशुल्क सेवा प्रयोग गर्न पाउनेछन् । वेब ब्राउजरका लागि प्रति महिना ९.९९ ‍युरो (१४०० रुपैयाँ) र आईओएस डिभाइसहरूका लागि प्रति महिना १२.९९ युरो (१८०० रुपैयाँ) ताेकिएकाे छ ।

एकपटक शुल्क तिरेपछि प्रयोगकर्ताहरूले बिना विज्ञापन फेसबुक र इन्स्टाग्राम चलाउन पाउनेछन् । यदि प्रयोगकर्ताको एकभन्दा बढी अकाउन्ट भए प्रति अकाउन्ट अतिरिक्त ६ युरो (८५० रुपैयाँ) तिर्नुपर्ने मेटाले जनाएकाे छ ।

त्यसरी सशुल्क फेसबुक र इन्स्टाग्राम चलाउने प्रयोगकर्ताको डेटा प्रयोग नगर्ने र उनीहरूलाई विज्ञापनका लागि ट्र्याकिङ नगर्ने कम्पनीको भनाइ छ । मेटाको यो कदम भने युरोपेली संघको डेटा गोपनीयता सम्बन्धी नियमले गर्दा आएको बताइएको छ ।

यद्यपि यस सेवालाई युरोपमा अनिवार्य भने गरिएका छैन । विज्ञापनरहित अनुभव चाहने प्रयोगकर्ताहरूको लागि मेटाको यो वैकल्पिक सेवा हो । तर मेटाले युरोपबाहेक अन्य क्षेत्रहरूमा यो सेवा विस्तार गर्नेबारे भने केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने