आगामी फेब्रुअरी १० मा टाइटानिक पुनः प्रदर्शनीमा आउने

आगामी फेब्रुअरी १० मा टाइटानिक पुनः प्रदर्शनीमा आउने : Icon Khabar

काठमाडौँ, माघ १ । जेम्स क्यामरुनको चर्चित फिल्म टाइटानिक  पुनः प्रदर्शनीमा आउने भएको छ । यो फिल्म पहिलोपटक रिलिज भएको २५ औं वार्षिकोत्सवको अवसर र भ्यालेन्टाइन्स सप्ताहको मौका पारेर थ्रीडी, फोर के, एचडीआरमा फेरि देखाइने भएको हो ।

टाइटानिक पुनः रिलिज गर्ने तयारीका साथ ट्रेलर एक हप्ताअघि नयाँ ट्रेलर र पोस्टर समेत सार्वजनिक गरिएको छ । सन् १९९७ को डिसेम्बरमा रिलिज भएको यस फिल्मले ११ वटा ओस्कार अवार्ड जितेको थियो । हलिउड र विश्व फिल्म इतिहासकै सबैभन्दा चर्चित फिल्म मध्ये एक मानिने यो प्रेम कथाले १५ हप्ता बक्स अफिसमा लगातार शीर्ष स्थानमा रहेर २.१८ अर्ब डलर बराबरको व्यापार गरेको थियो ।

फिल्मलाई थ्रीडी, फोर के, एचडीआर फरम्याटमा रिमास्टर गरेर पुनः निर्माण गर्न झण्डै एक करोड ८० लाख डलर अर्थात दुई अर्ब करोड रुपैयाँ भन्दा बढी खर्च भएको प्रारम्भिक अनुमान रहेको छ । यसअघि सन् २०१७ मै फिल्मको २० औं वार्षिकोत्सवमै थ्रीडी फरम्याटमा पुनः रिलिज गर्ने तयारी भएको थियो । भारतमा यो फिल्मलाई डिज्नी इन्डियाले रिलिज गर्ने भएको छ ।

Published Date: 15 January 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा