आगामी फेब्रुअरी १० मा टाइटानिक पुनः प्रदर्शनीमा आउने

आगामी फेब्रुअरी १० मा टाइटानिक पुनः प्रदर्शनीमा आउने : Icon Khabar

काठमाडौँ, माघ १ । जेम्स क्यामरुनको चर्चित फिल्म टाइटानिक  पुनः प्रदर्शनीमा आउने भएको छ । यो फिल्म पहिलोपटक रिलिज भएको २५ औं वार्षिकोत्सवको अवसर र भ्यालेन्टाइन्स सप्ताहको मौका पारेर थ्रीडी, फोर के, एचडीआरमा फेरि देखाइने भएको हो ।

टाइटानिक पुनः रिलिज गर्ने तयारीका साथ ट्रेलर एक हप्ताअघि नयाँ ट्रेलर र पोस्टर समेत सार्वजनिक गरिएको छ । सन् १९९७ को डिसेम्बरमा रिलिज भएको यस फिल्मले ११ वटा ओस्कार अवार्ड जितेको थियो । हलिउड र विश्व फिल्म इतिहासकै सबैभन्दा चर्चित फिल्म मध्ये एक मानिने यो प्रेम कथाले १५ हप्ता बक्स अफिसमा लगातार शीर्ष स्थानमा रहेर २.१८ अर्ब डलर बराबरको व्यापार गरेको थियो ।

फिल्मलाई थ्रीडी, फोर के, एचडीआर फरम्याटमा रिमास्टर गरेर पुनः निर्माण गर्न झण्डै एक करोड ८० लाख डलर अर्थात दुई अर्ब करोड रुपैयाँ भन्दा बढी खर्च भएको प्रारम्भिक अनुमान रहेको छ । यसअघि सन् २०१७ मै फिल्मको २० औं वार्षिकोत्सवमै थ्रीडी फरम्याटमा पुनः रिलिज गर्ने तयारी भएको थियो । भारतमा यो फिल्मलाई डिज्नी इन्डियाले रिलिज गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2023
Website | + posts


ताजा
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
युवा अवस्थामै किन थकित हुन्छ मन र मस्तिष्क ?


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू