रोमाञ्चक डर्बी, म्यान्चेस्टर युनाइटेड सामु म्यानचेस्टर सिटी स्तब्ध

रोमाञ्चक डर्बी, म्यान्चेस्टर युनाइटेड सामु म्यानचेस्टर सिटी स्तब्ध : Icon Khabar

इङ्गल्याण्ड, माघ १ । गएराती ओल्ड ट्राफोर्डमा सम्पन्न भएको प्रिमियर लिगको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गरि म्यानचेस्टर सिटीलाई २-१ ले पछाडि पार्‍न सफल भयो ।

पहिलो हाफमा ०-० को नतिजा पछि खेल दोस्रो हाफ आक्रमक देखियो । खेलमा भएको तीन वटै गोल दोस्रो हाफमा भएको थियो । ६० औं मिनेटमा ज्याक ग्रेलिसले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलायो । युनाइटेडले भने ७८ औं मिनेट र ८२ औं मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई बिफल पारिदियो । युनाइटेडको लागी क्रमस ब्रुनो फर्नान्डेज र मार्कस रसफोर्ड एक एक गोल गरेका थिए ।

यस जित सँगै म्यान्चेस्टर युनाइटेड ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा पर्न सफल भएको छ भने म्यानचेस्टर सिटी ३९ अंकका साथ दोस्रो स्थान सिमित छ ।

Published Date: 15 January 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा