रोजगारी सिर्जना गर्न सामूहिक लगानी चाहिन्छ: चेम्बर अध्यक्ष मल्ल

रोजगारी सिर्जना गर्न सामूहिक लगानी चाहिन्छ: चेम्बर अध्यक्ष मल्ल : Icon Khabar

पोखरा, माघ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रोजगारी सिर्जना गर्न सामूहिक लगानी आवश्यक भएको बताएका छन् । मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने उनले बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानी मार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

आर्थिक विकास र समृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ’, अध्यक्ष मल्लले भने

, ‘प्रत्येक वर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भईरहेका छन् ।’

अध्यक्ष मल्लले उद्योग तथा साना व्यवसायमा सामूहिक लगानी मार्फत नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालोको आवश्यक औंल्याए । कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लको भनाई छ ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरी योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराए । विद्यार्थीले विश्वविद्यालयमा पठनपाठनसँगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेक्रमा अतिरित्त समयमा काम गर्न सक्ने वातावरण बनाईदिने हो भने मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष मल्लले बताए । सामूहिक लगानी मार्फत आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने अध्यक्ष मल्लको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने