अन्नपूर्ण आधार शिविरमा खटेका प्रहरीको लेक लागेर मृत्यु

अन्नपूर्ण आधार शिविरमा खटेका प्रहरीको लेक लागेर मृत्यु : Icon Khabar

कास्की, कात्तिक १५ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटेका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।

आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएकामा ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुगेका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 November 2023
Website | + posts