काठमाडौं सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत

काठमाडौं सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत : Icon Khabar
तस्बिर: किरण सुवाल

काठमाडौँ, कार्तिक १५ । नेपालको संघीय राजधानी काठमाडौं सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत भएको छ । युनेस्कोले आफूमातहत रहेको रचनात्मक सहर सञ्जालमा काठमाडौंलाई पनि जोडेको हो । सञ्जालमा यसअघि नै एक सयभन्दा धेरै देशबाट ३५० वटा सहरहरू संलग्न छन् भने यसपटक अरु ५५ सहर थपिएका हुन् । त्यसमध्ये काठमाडौं चलचित्र विधाबाट सिर्जनशील सहरका रूपमा सञ्जालमा जोडिएको हो ।

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिककाले चलचित्र विधा छनोट गरेको र सञ्जालमा जोडिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

सञ्जालमा आबद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको उनको भनाइ छ ।

रचनात्मक सहरका सबै विधाहरू काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको प्रवक्ता मानन्धरले बताए ।

‘जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रूपमा हेर्ने गरिएको छ । जात्रा पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन्,’ प्रवक्ता मानन्धरले भने, ‘सञ्जालमा जोडिएपछि अब यसको थप प्रसार र विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।’

सञ्जालमा जोडिएपछि अब अन्तरराष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने अपेक्षा रहेको उनले बताए ।

यसवर्ष थपिएका ५५ सहरमध्ये संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 November 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट