आईपीओको मूल्य भन्दा तल झर्यो सोनापुरको शेयर मूल्य

आईपीओको मूल्य भन्दा तल झर्यो सोनापुरको शेयर मूल्य : Icon Khabar

काठमाडौँ, कार्तिक १५ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्य आईपीओको मूल्य भन्दा तल झरेको छ। कारोबारमा आएदेखि दैनिक नकारात्मक सर्किट लेभलमा कारोबार भएको यस कम्पनीको शेयर, यस दिन आईपीओको मूल्यभन्दा तल झरेको हो।

सोनापुर मिनरल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो। तर, यस दिन बजार खुलेलगत्तै कम्पनीको शेयरमूल्य घटेर २३० रुपैयाँसम्म झरेको हो। यो समाचार तयार पार्दासम्ममा कम्पनीको शेयर प्रतिकित्ता २३६ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ।

आईपीओको मूल्यभन्दा तल झरेपछि कम्पनीको शेयरमा खरिदकर्ता देखिएका छन्। पछिल्ला ३ कारोबार दिनहरुमा शून्य रहेको कम्पनीको शेयरमा यस दिन १ लाखभन्दा बढी खरिद अर्डर रहेका छन्। यद्यपि, बिक्रीकर्ताहरूकाे चाप भने यस दिन पनि घटेकाे छैन।

Published Date: 01 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी