सास गन्हाउने समस्या छ ? यसरि छुटकारा पाउनुहोस

सास गन्हाउने समस्या छ ? यसरि छुटकारा पाउनुहोस : Icon Khabar

काठमाडौँ, कार्तिक १५ । पछिल्लो समय सास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्ध वृद्धाहरुमा पनि यो समस्याबाट ग्रसित देखिन्छन्। सास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ।

यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ?

दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रो सफा गर्नेको नियमित प्रयोग गर्न सकिन्छ । रेशादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा फस्न नदिने, शरिरलाई तन्दुरुस्त बनाउने खालका खानेकुरा खाने जस्ता बानीको विकास गर्नुपर्छ ।

दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनी रहित गुद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अ्म्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफि लगायत अन्य क्याफीन भएका पेय पदार्थको सेवनमा पनि कमी ल्याउनुपर्छ ।

तसर्थ, मुख, श्वास गन्हाउने अवस्था आफैंमा कुनै रोग नभएर यसले शरिरको अर्को कुनै अवस्थाको बारेमा जानकारी दिन्छ । तसर्थ, यो समस्या देखा परेमा लापरवाही नगरिकन नजिकैको दन्तचिकित्सकलाई देखाउनुहोला । यसबाट आउन सक्ने थप समस्याहरु बाट पनि बच्नुहोला । सुन्दा सामान्य लागेपनि यसले भबिष्यमा जटिल समस्याहरु निम्त्याउन सक्छ ।

त्यसैले मुख स्वास्थ्यलाई आफ्नो शरिरको अन्य भागजस्तै ख्याल गर्नु आवश्यक छ ।

Published Date: 01 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी