सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश : Icon Khabar

काठमाडौं, कात्तिक १४ । हालसम्म ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अझै १२ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छन् ।

लाभांश घोषणा गरि नसकेका बैंकहरुले कति र नगद वा बोनस के लाभांश वितरण गर्ने भन्ने बिषयमा सञ्चालकहरुबीच छलफललाई तिब्रता दिएका छन् । लाभांश कति दिने भन्दा पनि नगद र बोनस कति दिने भन्ने बिषयमा लाभांश वितरण गरि नसकेका केही बैंकका सञ्चालकहरुबीच तिब्र बिबाद देखिएको छ ।

केही बैंकका सञ्चालकहरुले नगद मात्रै र केहीले बोनस मात्रै दिनु पर्ने आवाज उठाउँदै आएका छन् । केही बैंकका सञ्चालकले भने नगद र बोनस दुबै दिनु पर्ने अडानमा छन् ।

खासगरी, मर्जर र एक्विजिसनमा गएर ठूलो चुक्ता पुँजी भएका बैंकले नगदलाई नै प्राथमिकता दिएका छन् । यद्यपी ग्लोबल आइएमई, नबिल जस्ता बैंकका सञ्चालकहरुले भने नगद र बोनस शेयर दिने निर्णय गर्दै छन् । कम चुक्ता पुँजी भएका बैंकले भने बोनसलाई नै जोड दिने भएका छन् ।

मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अरु १२ बैंक लाभांश वितरण गर्न बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने