सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश : Icon Khabar

काठमाडौं, कात्तिक १४ । हालसम्म ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अझै १२ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छन् ।

लाभांश घोषणा गरि नसकेका बैंकहरुले कति र नगद वा बोनस के लाभांश वितरण गर्ने भन्ने बिषयमा सञ्चालकहरुबीच छलफललाई तिब्रता दिएका छन् । लाभांश कति दिने भन्दा पनि नगद र बोनस कति दिने भन्ने बिषयमा लाभांश वितरण गरि नसकेका केही बैंकका सञ्चालकहरुबीच तिब्र बिबाद देखिएको छ ।

केही बैंकका सञ्चालकहरुले नगद मात्रै र केहीले बोनस मात्रै दिनु पर्ने आवाज उठाउँदै आएका छन् । केही बैंकका सञ्चालकले भने नगद र बोनस दुबै दिनु पर्ने अडानमा छन् ।

खासगरी, मर्जर र एक्विजिसनमा गएर ठूलो चुक्ता पुँजी भएका बैंकले नगदलाई नै प्राथमिकता दिएका छन् । यद्यपी ग्लोबल आइएमई, नबिल जस्ता बैंकका सञ्चालकहरुले भने नगद र बोनस शेयर दिने निर्णय गर्दै छन् । कम चुक्ता पुँजी भएका बैंकले भने बोनसलाई नै जोड दिने भएका छन् ।

मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अरु १२ बैंक लाभांश वितरण गर्न बाँकी छन् ।

Published Date: 31 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु