भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र कर्णाली प्रदेश सभा सदस्य भण्डारीबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र कर्णाली प्रदेश सभा सदस्य भण्डारीबीच भेट : Icon Khabar

भक्तपुर, कार्तिक १४ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कर्णाली प्रदेशका माननीय सभासद् एवम् सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीबीच आज भक्तपुर नपाको सभाकक्षमा भेट भएको छ । प्रमुख प्रजापतिले सभासद् भण्डारीलाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्दै नगरपालिकाको कार्य सम्पादन र कार्यशैलीबारे जानकारी गराए ।

भेटमा सभासद् भण्डारीले आफू नगर प्रमुख भएको बेला दुल्लु नगरपालिकाले प्राविधिक शिक्षालय र अस्पताल सञ्चालन सुरु गरेको र उक्त संस्थाहरु सञ्चालन तथा व्यवस्थापनको लागि भक्तपुरको विकास मोडलको अध्ययनको सिलसिलामा भक्तपुर भ्रमणमा आएको बताए ।

उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा कर्णालीका धेरै विद्यार्थीहरु पनि अध्ययरत रहेको र त्यहाँबाट उत्पादित प्राविधिक जनशक्ति देशका विभिन्न संघ संस्थाहरुमा इमानदारीपूर्वक काम गरिरहेको अवगत समेत गराए ।

भेटमा प्रमुख प्रजपालिते कर्णाली विकासको धेरै सम्भावना रहेको प्रदेश भएको र त्यहाँ फलफूल, जडिबुटी, पशुपालन तथा जलविद्युतको क्षेत्रमा विकास गरी देशकै सम्पन्न प्रदेशको रुपमा अगाडि बढ्न सकिन्छ औल्याएका थिए ।

प्रमुख प्रजापतिले समुदायलाई बलियो बनाउने नीतिअनुरुप भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै शिशुशालादेखि उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याएको र नपाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न नपाले विद्यालयहरुलाई आर्थिक तथा भौतिक सहयोग पनि गर्दै आएको जानकारी गराए ।

Published Date: 31 October 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु