काभ्रेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

काभ्रेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते : Icon Khabar

काभ्रेपलान्चोक, कात्तिक १४ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार दिउँसो कुशादेवीबाट नयाँगाउँतर्फ पराल बोकेर जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको निसान ट्रक ब्रेक फेल दुर्घटना भएको हो । ट्रक सडकबाट करिब छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक स्थानीय रबिन आचार्य र जिल्लाको बेथानचोक गाउँपालिका– २ का शिवविक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएका आचार्य र केसीलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी बेथानचोक-२ की शारदा तिमल्सिना टाउको, घाँटी र दुबै हात खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने