काभ्रेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

काभ्रेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते : Icon Khabar

काभ्रेपलान्चोक, कात्तिक १४ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार दिउँसो कुशादेवीबाट नयाँगाउँतर्फ पराल बोकेर जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको निसान ट्रक ब्रेक फेल दुर्घटना भएको हो । ट्रक सडकबाट करिब छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक स्थानीय रबिन आचार्य र जिल्लाको बेथानचोक गाउँपालिका– २ का शिवविक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएका आचार्य र केसीलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी बेथानचोक-२ की शारदा तिमल्सिना टाउको, घाँटी र दुबै हात खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Published Date: 31 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग