सोमबार नेप्से परिसूचक १४.२९ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १४.२९ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १४ । सोमबार नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ।

अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको बजारमा आज २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज १ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक १.४६ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

Published Date: 31 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु