काठमाडौँ, कार्तिक १४ । सोमबार नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ।
अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको बजारमा आज २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आज सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज १ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक १.४६ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।
Published Date: 31 October 2023