टी–२० विश्वकप छनौट : नेपाल र मलेसिया भिड्दै

टी–२० विश्वकप छनौट : नेपाल र मलेसिया भिड्दै : Icon Khabar

काठमाडौँ, कात्तिक १४ ।  घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १ : १५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । आज पहिलो खेलमा ओमानले सिंगापुरलाई हराए नेपाल आजको विजयीले सेमिफइनलमा समेत पुग्नेछ ।

नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । प्रमुख अलराउन्डर नहुँदा नेपाल समस्यामा परेको छ । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिने देखिन्छ । पहिलो खेलमा शीर्षक्रमका ब्याटरले सहज जित दिलाएका थिए । आजको खेलमा मध्यक्रम र तल्लोक्रमका ब्याटरले राम्रो गर्नुपर्ने हुन्छ ।

प्रतियोगिता पहिलो खेलमा कुशल भुर्तेलले ७४ रन बनाउँदै राम्रो सुरुवात गरेका छन् । अर्का ओपनर आसिफ शेखबाट नेपाल राम्रो इनिङ र स्ट्राइकरेट दुबै चाहन्छ । कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । दीपेन्द्र नहुँदा यी दुई ब्याटरले अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्छ ।

कप्तान रोहित पौडेलको प्रदर्शनले नेपालको योगफल निर्धारण हुनसक्छ । नेपालको ब्याटिङमा गहिराईछ । सोमपाल कामी, करण केसी र गुलशन झा राम्रो ब्याटिङ गर्ने गर्दछन् । विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् ।

तर सिनियर टोलीमा राम्रोसँग खेल्ने मौका पाएका छैनन् । सेमिफाइनल अघि विवेकलाई ब्याटिङमा मौका दिन आवश्यक देखिन्छ । प्लेइङ–११ मा भएपनि खेल्ने मौका नपाउँदा ठूला खेलमा नेपाललाई भारी पर्नसक्छ ।

नेपालले सिंगापुरविरुद्ध अभिनाश बोहरालाई सुरुवातमा बलिङ गराउँदा २२ रन खर्चेका थिए । उनलाई डेथ ओभरमा मात्रै प्रयोग गर्न आवश्यक देखिन्छ । सन्दीपलाई स्पिन आक्रामणमा कुशल मल्लले साथ दिनेछन् ।

उता मलेसियाका विरनदीप सिंह प्रमुख हतियार हुन् । एसोसिएट क्रिकेटमा २ हजार टि२० आई रन पूरा गर्ने मात्रै दोस्रो खेलाडी विरनदीप चलेको खण्डमा नेपाललाई स्तब्ध पार्न सक्छन् । उनले ओमानविरुद्ध पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला