आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, कात्तिक १४ । आज २०८० कात्तिक १४ गते मंगलबार, तद्अनुसार ३१ अक्टोबर २०२३ । आजको तिथि– कात्तिक कृष्णपक्ष तृतीया, नक्षत्र– कृत्तिका, ६ः१५ बजेपछि रोहिणी, योग– वरियान्, करण– वणिज, चन्द्रराशि– वृष, सूर्योदय–६ः१४, सूर्यास्त– १७ः१९ ।

आजको राशिफल

मेष: भाग्यको साथ पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । लगानीबाट सुखद परिणाम आउने छ ।

वृष: अप्रत्याशित खर्च बढ्ने छ । कार्यमा विलम्ब हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

मिथुन: लाभको अवसर हात पर्नेछ । भाग्यको साथ रहने छ । लगानी शुभ रहने छ ।

कर्कट: व्यवसायमा वृद्धि हुनेछ । धनार्जन हुनेछ । लामो समयदेखि रोकिएको कार्यमा गति आउने छ ।

सिंह: लाभको अवसर हात पर्नेछ । परिवारसंग समय सुखद बित्नेछ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

कन्या: सवारीसाधन तथा मेशीनको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । धनलाभको अवसर प्राप्त हुनेछ । ऐश्वर्यका साधनमा खर्च हुनेछ ।

तुला: जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । सुखका साधन जुट्ने छन् । लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । कुनै ठूलो लाभ मिल्ने छ । भाग्य निकै अनुकूल छ, लाभ लिनु होला ।

धनु: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने अवसर पाइने छ । स्वादिष्ट भोजनको आनन्द पाइने छ ।

मकर: पुराना रोग बल्झिनेछन् । कुनै ठूलो समस्या आइपर्नेछ । कुनै व्यक्तिसंग बिना कारण विवाद हुनसक्छ ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । व्यवसायमा वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मीन: साथीहरुको सहयोग पाइने छ । शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

Published Date: 31 October 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु